चिसोका कारण सात जना भुकम्प पीडित जेष्ठ नागरिकको मृत्यु

चिसोका कारण जाजरकोटमा थप दुई जना वृद्धको ज्यान गएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामीको चिसोका कारण मृत्यु भएको हो । मनसरी दमकी दीर्घरोगी भएको र त्रिपालको चिसोले दम बढेपछि उनको ज्यान गएको हो । त्रिपालमुनिको बसाइका कारण बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ । यसअघि गत साता नलगाड भेरी र बारेकोटमा गरी चिसोका कारण चारजना दीर्घरोगीको ज्यान गएको थियो । एक साताभित्रै चिसोले सात जना वृद्धवृद्धाको ज्यान गइसकेको छ । यसअघि भूकम्पपछि त्रिपालमा बस्दै आएका पाँच पीडितको चिसोका कारण मृत्यु भएको थियोरु। शुक्रबार दुई जना, गत बुधबार एक जना र गत शुक्रबार दुई जनाको चिसोका कारण मृत्यु भएको थियोरु। मृत्यु हुनेमा वृद्धवृद्धा रहेका छन ।। 
 

प्रतिक्रिया