जोकोभिच एटीपी फाइनल्स टेनिसको फाइनलमा

एटीपी फाइनल्सको सेमिफाइनल खेलमा कार्लोस अल्काराजलाई हराउँदै विश्व नम्बर वान नोभाक जोकोभिचले फाइनल यात्रा तय गरेका छन् । उनले एटीपी फाइनलको उपाधिका लागि यान्निक सिनरसँग प्रतिस्पर्धा गर्ने छन । गएराति भएको खेलमा जोकोभिचले पहिलो खेलमा ६–३  को सेटमा जिते । त्यसैगरी, दोस्रो सेटमा अल्काराजलाई ६–२ ले हराउँदै उनी उपाधि नजिक पुगेका हुन । हारसँगै २० वर्षका कार्लोस अल्काराज भने प्रतियोगिताको सबैभन्दा युवा फाइनालिस्ट बन्न चुकेका छन । २४ पटकको कीर्तिमानी ग्रान्डस्लाम विजेता जोकोभिच सातौं एटीपी उपाधि जित्ने लक्ष्यमा छन ।  गएरातिकै अर्को सेमिफाइनलमा भने सिनरले ड्यानियल मेद्भेदेभलाई ६–३, ४–६ र ६–१ को सेटमा हराउँदै फाइनलको यात्रा तय गरेका हुन । समूह चरणको खेलमा भने जोकोभिचले हुर्काजसँग २–१ को सेटमा हार ब्यहारेका थिए । 

प्रतिक्रिया