एक दिवसीय विश्वकप फाइनलमा आज भारत र अस्ट्रेलिया भिड्दै

आईसीसी विश्वकप क्रिकेटको उपाधिका लागि आज घरेलु टोली तथा २ पटकको विजेता भारत र सर्वाधिक सफल ५ पटकको विजेता अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ । नरेन्द्र मोदी स्टेडियम अहमदावादमा हुने फाइनल खेल दिउँसो सवा २ बजे सुरु हुनेछ  जारी विश्वकपमा उच्च लयमा रहेको भारत त्यसैलाई निरन्तरता चाहन्छ भने लिग चरणमा भोगेको हारको बदला लिँदै अष्ट्रेलिया घरेलु टोलीलाई फाइनलमा स्तब्ध पार्ने दाउमा छ । पटकको विजेता अष्ट्रेलियाले विश्वकप फाइनल खेल्न लागेको यो आठौं पटक हो। २ पटक उपाधि जितिसकेको भारतका लागि यो चौंथो विश्वकप फाइनल हो । यी २ टोलीबीच एक दिवसीय अन्तर्राष्ट्रियमा १ सय ५० खेल हुँदा अष्ट्रेलिया नै बलियो देखिन्छ। भारतले ५७ खेल जित्दा अष्ट्रेलियाले ८३ खेल जितेको छ, बाँकी १० खेल नतिजाविहिन बनेका छन् । एक दिवसिय विश्वकपमा मात्र यी दुई १३ पटक आमनेसामने भइसकेका छन्। जसमा अष्ट्रेलियाले ८ र भारतले ५ खेल जित्दा फाइनलमा यी दुईबीच भेट हुन लागेको यो दोस्रो पटक हो । विश्वकप क्रिकेटको फाइनल  जित्ने टिमले विश्वकप ट्रफीका साथै मोटो रकम नगद पुरस्कार पाउने छ ।  यो पल्ट विश्वकप जित्ने टिमलाई ४० लाख अमेरिकी डलर अर्थात् ५३ करोड ३० लाख नेपाली रुपैयाँ बराबर नगद पुरस्कार पाउने छ । उपविजेता टिमले २० लाख डलर अर्थात  २६ करोड ६५ लाख नेपाली रुपैयाँ बराबरको पुरस्कार पाउने छ।  ।। 
 

प्रतिक्रिया