कैलालीको धनगढी बजारमा विद्युत सर्ट भएर आगलागी, अस्पतालसहित ८ वटा पसलमा क्षति

काठमाडौं । धनगढीमा विद्युत सर्ट भएर आगलागी भएको छ । धनगढीको मुख्य बजारमा रहेको खाद्य संस्थानको भवनमा रहेको सारथी अस्पतालसहितका पसलमा शुक्रबार राति करिब १ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ । विद्युत सर्ट भएर आगलागी हुँदा सारथी अस्पताल, भण्डारी सुज सेन्टरलगायतका पसलमा क्षति पुगेको प्रहरीले जनाएको छ । आगलागीबाट झण्डै १८ करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको पनि प्रहरीले जनाएको छ । स्थानीय दलबहादुर भण्डारीले सञ्चालन गरेको जुत्ता पसलमा  विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय कैलालीसहित नेपाली सेनाको तेघरी ब्यारेक र सशस्त्र प्रहरीको ३४ नम्बर गण कैलालीको टोलीसमेत परिचालन गरिएको थियो । आगलागीबाट सारथी अस्पताल र भण्डारी सुज सेन्टरसँग जोडिएका अन्य ८ वटा पसलमा समेत क्षति भएको छ । क्षतिबारे यकिन तथ्यांक आइसकेको छैन् । आगो निभाउन धनगढी, गोदावरी र पुर्नवास नगरपालिकाका चार वटा दमकलको परिचालन गरिएको थियो । 

प्रतिक्रिया