रास्वपाका उम्मेदवारहरू प्रतिबद्धता सम्झँदै मतदाताको घरघर जाने
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद तथा प्रतिनिधि सभाका उम्मेदवारहरू प्रतिबद्धता सम्झँदै मतदाताको घरघर जाने भएका छन् । भोलि शनिबारदेखि सोमबारसम्म जनआवाज सुन्न घरघर जाने कार्यक्रम पार्टीले तय गरेको हो । रास्वपाका प्रत्यक्ष निवाचित सात सांसदसहित १ सय ३१ जना उम्मेदवार र समानुपातिकतर्फ निर्वाचित १३ सहित एक सय ७ जना उम्मेदवार घरदैलोमा जाने भएका हुन् । मतदाताको घरदैलोमा गएर सुझावहरू संकलन गर्ने तयारी पार्टीले गरेको हो । चुनावको बेलामा हतारमा जनाएको प्रतिबद्धता, सांसद, नेता–कार्यकर्ताको कार्यशैलीबारे जनताको राय बुझ्न भन्दै रास्वपा घरदैलोमा जान लागेको हो । रास्वपाले प्रतिनिधि सभा निर्वाचनको एक वर्ष पूरा भएको सन्दर्भमा घरदैलो गर्न लागेको जनाएको छ । रास्वपाले मंसिर ११ देखि १३ गतेसम्म महोत्तरीको जलेश्वरमा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक समेत बोलाएको छ ।
प्रतिक्रिया