कफीको न्यूनतम समर्थन मूल्य निर्धारण

सरकारले आजदेखि लागु हने गरी कफीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले फ्रेस चेरी ए को प्रतिकेजी १ सय रुपैयाँ मूल्य निर्धारण गरेको हो । गत वर्षको मूल्यभन्दा प्रतिकेजी ५ रुपैयाँ बढाएर बोर्डले यो वर्षको मूल्य १ सय रुपैयाँ निर्धारण गरेको छ । गत वर्ष फ्रेस चेरी बी प्रतिकेजी ९० रुपैयाँ मूल्य निर्धारण गरिएको थियो । बोर्डले हरेक वर्षको मंसिर १ गते लागू हुने गरी कफीको मूल्य निर्धारण गर्दै आएको छ । बोर्डका अनुसार फ्रेश चेरी बीको प्रतिकिलो ९० रुपैयाँ निर्धारण गरिएको छ । गत वर्ष यसको ८५ रुपैयाँ थियो भने यो वर्ष प्रतिकिलो ५ रुपैयाँ बढाएर ८० रुपैयाँ पुर्याइएको हो । यस्तै पार्चमेन्ट प्रशोधित कफीतर्फ ‘ए ग्रेड’ को प्रतिकिलो पाँच सय रुपैयाँ निर्धारण गरेको छ । बी ग्रेडलाई ४५० रुपैयाँ नै कायम गरिएको छ । यस्तै ड्राइचेरी ‘ए ग्रेड’ प्रतिकिलो २०० रुपैयाँ कायम गरेको छ भने ड्राइचेरी बी १ सय ५० रुपैयाँ निर्धारण गरेको छ । ८ सय मिटरभन्दा माथिको उचाईमा प्राङ्गारिक प्रणालीअनुसार उत्पादन गरिएको, ठिक्क पाकेको, पानीमा राख्दा डुब्ने र केलाएर छानिएको चेरीलाई ए ग्रेडको फ्रेस चेरी कफी भनिन्छ । आर्थिक वर्षमा २०७९÷८० को तथ्यांक अनुसार १३ करोड ४ लाख बराबरको ७७.८६ मे. टन कफी निर्यात हुँदा ३२ करोड ५८ लाख बराबरको ४५० टन कफी आयात भएको छ । 
 

प्रतिक्रिया