असोजमा मात्रै १ खर्ब ३६ अर्ब रेमिट्यान्स भित्रियो

चालु आर्थिक वर्षको असोजमा मात्रै १ खर्ब ३६ अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छरु । मासिक रूपमा यो रकम हालसम्मकै उच्च होरु। चालु आर्थिक वर्षको तीन महिनामा ३ खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको तथ्यांकले देखाएको छ । साउनमा १ खर्ब १६ अर्ब रुपैयाँ र भदौमा १ खर्ब १२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियोरु। गत वर्षको असोजमा रेमिट्यान्स आप्रवाह १६ दशमलब ८ प्रतिशतले बढेको थियोरु। अमेरिकी डलरमा भने चालु आर्थिक वर्षको तीन महिनामा २ अर्ब ७६ करोड रेमिट्यान्स भित्रिएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा २५ दशमलव ९ प्रतिशतले बढी होरु। अघिल्लो वर्ष यस्तो आप्रवाह ७ दशमलव ९ प्रतिशतले बढेको थियो । पछिल्ला महिनामा रेमिट्यान्स आप्रवाहमा वृद्धि भएसँगै अर्थतन्त्रका बाह्य सूचक झनै बलियो बन्दै गएको छ । मुलुकको विदेशी मुद्रा सञ्चितिमा रेमिट्यान्सको योगदान करिब ६७ प्रतिशत देखिएको छ । गत आर्थिक वर्षमा विभिन्न स्रोतबाट भित्रिएको विदेशी मुद्रामध्ये सबैभन्दा धेरै ६६ दशमलब ९ प्रतिशत रेमिट्यान्सबाट नेपाल भित्रिएको राष्ट्र बैंकको तथ्यांक छरु। अघिल्लो आर्थिक वर्षमा ६७ दशमलब ४ प्रतिशत थियोरु।। 
 

प्रतिक्रिया