प्राविधिक र स्वास्थ्यतर्फ साढे २ सयभन्दा बढी कर्मचारी माग

लोकसेवा आयोगले प्राविधिक र स्वास्थ्यतर्फ साढे २ सयभन्दा बढी कर्मचारी माग गरेको छ । आज सूचना प्रकाशित गर्दै आयोगले राजपत्रांकित तृतीय श्रेणीको प्राविधिक, स्वास्थ्य सेवातर्फ सातौं र आठौँ तहमा गरी २ सय ५७ कर्मचारी मागेको हो । आयोगले प्राविधिकतर्फ २ सय १६ कर्मचारी, मानवअधिकार सेवातर्फ अधिकृत तृतीय श्रेणीमा १ जना, स्वास्थ्य सेवातर्फ आठौं तहमा ३६ जना र सातौं तहमा ४ जना कर्मचारी पदपूर्ति गर्न लागेको हो । सो पदमा खुला तथा समावेशी प्रणालीबाट पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक र योग्यता पुगेका उम्मेदवारलाई मंसिर १९ गतेभित्र दरखास्त दिनसक्ने लोकसेवाले जनाएको छ । दरखास्त शुल्क १ हजार २ सय र एकै समूह र उपसमूह पदको समावेशी समूहतर्फ आवेदन दिन प्रत्येक समूहका लागि थप ४ सय दस्तुर बुझाउनु पर्ने आयोगले जनाएको छ । आवेदकले आयोगको वेभ साइटबाट अनलाइन दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ ।। 
 

प्रतिक्रिया