टिकटक प्रतिबन्धविरूद्ध सर्वोच्चमा रिट
टिकटक प्रतिबन्धविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ। टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरूद्ध अधिवक्ता दिनेश त्रिपाठी रिट लिएर सर्वोच्च अदालत गएका हुन् । अभिव्यक्ति स्वतन्त्रताको समेत हनन हुने दाबी गर्दै त्रिपाठीले टिकटक बन्द गर्ने सरकारको निर्णय बदरको माग गरेका छन् ।
सरकारले कात्तिक २७ गते सामाजिक सद्भाव बिगार्ने काम भए भन्दै टिकटक प्रतिबन्ध गर्ने मन्त्रिपरिषदबाट निर्णय गरेको थियो।
प्रतिक्रिया