फिफा विश्वकप छनोटमा अर्जेन्टिना र ब्राजिल पराजित
फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा पूर्वविजेता अर्जेन्टिना र ब्राजिल पराजित भएका छन् । आज बिहान घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिना उरुग्वेसँग २–० गोलले पराजित भयो । उरुग्वेका लागि रोनाल्ड अराउजोले र डार्विन नुजेजले गोल गरे । छनोटमा अर्जेन्टिनाको यो पहिलो हार हो । यस हारपछि छनोटमा अर्जेन्टिनाको लगातार चार जितको यात्रामा पनि ब्रेक लागेको छ । यस्तै आजै बिहान घरेलु मैदानमा भएको खेलमा ब्राजिल कोलम्बियासँग २–१ गोलले पराजित भयो । कोलम्बियाका लागि लुइस डियाजले दुई गोल गरे भने । ब्राजिलका लागि गब्रेल मार्टीनेली एक गोल गरे । कोलम्बिया उति नै खेलमा ९ अङ्कसहित तेस्रो स्थानमा उक्लिएको छ । छनोटकै अन्य खेलमा बोलिभियाले पेरुलाई २–० ले पराजित गर्दा चिली र पाराग्वे तथा भेनेजुएला र इक्वेडरले गोलरहित बराबरी खेलेका छन् । आज विहानका खेलपछि अर्जेन्टिना ५ खेलमा १२ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । उरुग्वे १० अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । कोलम्बिया नौ अंक सहित तेस्रो स्थानमा छ । भेनेजुएला ५ खेलबाट ८ अंक जोडेर चौथो स्थानमा छ । ब्राजिल ५ खेलमा ७ अङ्कसहित पाँचौँ स्थानमा छ ।
प्रतिक्रिया