गाजामा रहेको हमासको सुरुङमार्ग ध्वस्त पारेको इजरायलको दाबी

इजरायलले गाजामा बिहीबार रातभर बमबारी गरेको छ । जबलिया शरणार्थी शिविरको आवासीय क्षेत्रमा रहेको आवासीय भवनलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा परी कम्तीमा ११ प्यालेस्टाइनीको मृत्यु भएको छ । खान युनिसको पूर्वमा रहेको अल कारारामा रहेको एउटा घरमा भएको आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक बालक र एक बालिका रहेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । हवाई आक्रमणले दक्षिणी गाजामा बेकरी र गहुँ मिलहरुमा पनि क्षति पुगेको छ । उता इजरायली सेनाले गाजा सहरको सबैभन्दा ठूलो अस्पताल अल–सिफा अस्पतालमा कारबाही जारी राखेको छ । अस्पतालमुनि हमासको सुरुङ सञ्जाल रहेको र खोजी गर्न केही हप्ता लाग्न सक्ने इजरायलको दाबी छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले बन्धक बनाएकाहरुलाई गाजाको अल–सिफा अस्पतालमा राखिएको ’बलियो संकेत’ मिलेको बताएका छन । उनले इजरायली सेना ’अस्पतालमा प्रवेश गर्नुको एउटा मुख्य कारण’ हमासले बन्धक बनाएकाहरुलाई अस्पताल नजिकै राखिएको संकेत पाएको बताएका हुन । यसैबीच, बिहीबार गाजापट्टीमा फोन र इन्टरनेट सञ्चार पूर्ण रूपमा बन्द भएको छ । दूरसञ्चार कम्पनीले ल्यान्डलाइन, फोन र वाइफाइ सुविधा पूर्ण रूपमा उपलब्ध नहुने जनाएका छन । इजरायली अधिकारीहरूले अक्टोबर ७ मा सयौं बन्दुकधारीहरूले हमासको सीमापार हमलामा कम्तिमा १२ सयजनाको मृत्यु भएको छ ।  इजरायलले जवाफी आक्रमण सुरु गरेदेखि गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले उक्त क्षेत्रमा ११ हजार ४ सय मानिस मारिएका छन ।। 
 

प्रतिक्रिया