टिकटक बन्द गर्ने सरकारको निर्णय बिरोधाभाषपूर्णः सञ्चार विज्ञ
सरकारको टिकटक बन्द गर्ने सरकारको निर्णय बिरोधाभाषपूर्ण रहेको विज्ञहरुले बताएका छन । नेपालमा पछिल्लो समय सामाजिक सञ्जालको रुपमा चर्चित र धेरै प्रयोग भएको टिकटक एप सरकारले बन्द गरेकोमा विज्ञहरुले असन्तुष्टि जनाएका हुन । टिकटक बन्द गर्ने निर्णय अभिव्यक्ति स्वतन्त्रताको बिरुद्ध रहेको विजहरुको भनाइ छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले तत्कालनि राजा ज्ञानेन्द्रकै शैलीमा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको विज्ञहरुको आरोप छ । सामाजिक सञ्जालका प्लेटफर्मलाई नियन्त्रण गर्नु अभिव्यक्ति स्वतन्त्रताको हनन हुने विज्ञहरुको भनाइ छ । सामाजिक प्लेटफर्मलाई बन्द गरेर समाजका विकृति नरोकिने पनि उनीहरुले दाबी गरेका छन । यसअघि नै सत्ता पक्षकै सांसदहरु सरकारको टिकटक बन्द गर्ने निर्णयको बिरोधमा उत्रिएका छन् । त्यस्तै नेकपा एमालेका केही नेता र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सरकारले व्यक्तिको स्वतन्त्रता हनन गर्ने काम गरेको भन्दै टिकटक प्रतिवन्ध तत्काल हटाउनुपर्ने धारणा राखिसकेका छन् ।
प्रतिक्रिया