अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच अमेरिकामा भेटवार्ता भएको छ   दुई शीर्ष नेताबीचको भेटमा  सैन्य संघर्ष, लागुऔषधको तस्करी तथा आर्टिफिसियल इन्टेलिजेन्सको तनाव कम गर्ने बारेमा कुराकानी भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । दुई नेताबीच गाजा र युक्रेनमा भएको युद्ध, अन्तर्राष्ट्रिय व्यापार र ताइवानका बारेमा पनि छलफल भएको बताइएको छ । सुरुवाती टिप्पणीमा बाइडेनले अमेरिका र चीनबीचको प्रतिस्पर्धा कुनै पनि किसिमको द्वन्द्वमा परिणत नहोस् भन्ने कुरामा आपसी सम्बन्ध सुनिश्चित गर्नुपर्ने बताएका छन् । उनले चीनका राष्ट्रपति सी लाई ‘तानाशाह’ भएको आरोप दोहो¥याएका छन् । चीनमा अमेरिकामा जस्तो लोकतान्त्रिक व्यवस्था नभएको उनको टिप्पणी थियो । राष्ट्रपति सीले बाइडेनसँग एक वर्षअघि बालीमा भएको भेटपछि धेरै कुरा परिवर्तन भइसकेको बताए । अहिले  विश्व कोभिड महामारीबाट बाहिर निस्किएको भए पनि त्यसको प्रभाव अझै कायमै रहेको उनले बताए । विश्व अर्थतन्त्रमा सुधार भइरहे पनि यसको गति सुस्त रहेको उनको भनाइ थियो । दुई देशविच चीन र अमेरिकाले संयुक्त रूपमा ग्लोबल वार्मिङसँग लड्न र ऊर्जा संक्रमण, मिथेन, चक्रीय अर्थतन्त्र र स्रोत दक्षता, कम कार्बन विकास र वन फँडानी जस्ता क्षेत्रमा केन्द्रित कार्य समूह सञ्चालन गर्ने सहमति भएको छ । चीन र अमेरिकाले सन् २०२० को दशकमा वार्ता र सहयोगमा संलग्न हुन र ठोस जलवायु कार्यलाई तीव्रता दिनको लागि कार्य समूहलाई सन् २०२० मा सञ्चालन गर्ने निर्णय गरेका छन । यस वर्षको सुरुमा अमेरिकाले चीनले आफ्नो आकाशमा जासुसी बेलुन पठाएको आरोप लगाएपछि चीन अमेरिका सम्बन्धमा चिसोपना आएको थियो ।। 

प्रतिक्रिया