बैंकहरुले मंसिर महिनाको लागि ब्याजदर घटाए

वाणिज्य बैंकहरुले मंसिर महिनाको लागि ब्याजदर घटाएका छन । कात्तिक महिनाको अन्तिम दिन अर्थात आज प्रकाशित वितरण अनुसार वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि ब्याजदर घटाएका हुन । हाल सञ्चालनमा रहेको २० वाणिज्य बैंकहरुमध्ये १३ वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि ब्याजदर घटाएका छन् । कर्जा प्रवाह न्युन हुँदा बैंकहरुको नाफा नै घट्न थालेपछि वाणिज्य बैंकहरुले धमाधम ब्याजदर घटएका हुन । कात्तिक महिनामा व्यक्तिगत मुद्दनी निक्षेपमा ९ दशमलब २ प्रतिशत तोकेको एभरेष्ट बैंकले मंसिरका लागि ९ प्रतिशत ब्याजदर तोकेको छ । संस्थागतर्फ ७ प्रतिशत र रेमिट बचततर्फ यस बैंकले ११ प्रतिशत ब्याजदर तोकेको छ । सानिमा बैंकले पनि मंसिरका लागि साधारण मुद्दती निक्षेपको ब्याजदर ९ प्रतिशत तोकेको छ । नेपाल बैंक लिमिटेडले भने कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ । सिटिजन्स बैंकले साधारण मुद्दती निक्षेपमा ९.९ प्रतिशत ब्याज दिने भएको छ । हिमालयन बैंकले मुद्दतीको ब्याजदर कम गरेर ९ दशमलब १ प्रतिशतमा झारेको छ । ग्लोवल आइएमइले पनि ९.६ प्रतिशतमा र नविलले मुद्दती निक्षेपको ब्याजदर १० प्रतिशतबाट घटाएर ९.१ प्रतिशतमा झारेको छ । कुमारी, प्राइम र लक्ष्मी सनराइजले ब्याजदर समान राखेका छन । ले ब्याजदर यथावत राखेको छ । प्रभु बैंक साधारण मुद्दतीको ब्याजदर ९.२ प्रतिशतबाट मंसिरका लागि ९ प्रतिशतमा झारेको छ । माछापुच्छ्रे बैंकले मुद्दतीको ब्याजदर १० दशमलब ६ प्रतिशत पु¥याएको छ । एनएबि बैंकले मुद्दतीमा ९ प्रतिशत र संस्थागत लागि ७.७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । राष्ट्रिय वाणिज्य, नेपाल एसबिआई, नेपाल इन्भेष्टमेन्ट ,कृषि विकास र एनआईसी एसिया बैंकले पनि ब्याजदर घटाएका छन ।। 
 

प्रतिक्रिया