जाजरकोट र रुकुम भुकम्प पीडितको विचल्ली
जेष्ठ नागरिक, सुत्केरी बालबालिका मारमा
बेलैमा न्यानो र राम्रो गरी राहत नपाउँदा जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित चिसोले बिरामी पर्न थालेका छन् । भूकम्प गएको दुई हप्ता भैसक्दा पनि खुला आकाशमुनि रहेका धेरैजसो प्रभावितलाई चिसोले सताउन थालेको छ । घर भत्केका र चर्केपछि त्रिपाल र खुला आकाशमुनि बसिरहेकाले भुकम्प पीडित मारमा परेका हुन । तत्काल राहतका त्रिपाल, फोम र खाद्य सामग्री विभिन्न सङ्घसंस्थाले बाँडेपनि त्रिपालले पीडितलाई जोगाउन नसकेको हो । बालबालिका, सुत्केरी र वृद्धवृद्धा चिसोको मारमा परेका छन । चिसोबाट बचाउन स्थायी संरचना बनाउन ढिला हुने भएकाले समस्या थपिएको छ । भूकम्पको केन्द्रबिन्दु जाजरकोट यसअघि पनि झाडापखालाबाट निक्कै प्रभावित भएको जिल्ला हो । अहिले पनि रुघाखोकी, ज्वरो र अन्य सरुवा रोगको जोखिम बढेको छ । भुकम्प प्रभावित क्षेत्रमा चिकित्सक र स्वास्थ्यकर्मीको भने अभाव नरहेको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । सरकारले मंसिर एक गतेवाट तत्काल अस्थायी संरचना निर्माणका साथै पुनर्निर्माणका काम थाल्ने जनाएको छ ।।
प्रतिक्रिया