संयुक्त राष्ट्रसंघद्वारा गाजामा युद्ध रोक्न माग गर्ने प्रस्ताव पारित

संयुक्त राष्ट्र सुरक्षा परिषदले गाजामा युद्ध रोक्न माग गर्दै प्रस्ताव पारित गरेको छ । बुधवारको विशेष अधिवेशनमा ल्याइएको यो प्रस्तावलाई १२ देशले खुलेर समर्थन गरेका हुन । तर अमेरिका, रुस र बेलायतले मतदानमा भाग लिएनन् । संयुक्त राष्ट्र सुरक्षा परिषदको यो नयाँ प्रस्तावमा गाजामा मानवीय सहायताका लागि अन्तर्राष्ट्रिय मानवीय कानूनको पालना गर्न माग गरिएको छ । यससँगै बालबालिकाको विशेष सुरक्षाको पनि माग गरिएको छ । यद्यपि, यो प्रस्तावले इजरायललाई आक्रमण रोक्न अपील गरेको छैन । चीन र रुसले भने इजरायल र गाजा बीच तत्काल युद्धविरामको माग गरेका छन ।। 
 

प्रतिक्रिया