यस वर्ष पनि अञ्जली दिदीले लगादिइन् सामूहिक भाइटीका
हरेक वर्षको भाइटीकाझैं यो वर्ष पनि अञ्जली दिदीले सामूहिक भाइटीका लगाइदिएकी छन् । काठमाडौँमा २०५५ सालदेखि नै सामूहिक रुपमा भाइटीका लगाउँदै आएकी ताहाचलकी अञ्जली दिदीले विगत वर्षहरुझैं यस वर्षपनि सामूहिक रुपमा भाइटीका लगाइदिएकी हुन् । काठमाडौँको मरुमा रहेको काष्ठमण्डप मरु सतलको गोरखनाथ परिसरमा आज उनले सामूहिक भाइटीका लगाइ दिएकी छिन् ।
अञ्जली दिदीको हातबाट टिका लगाउन पाउँदा निकै खुसी लागेको सहभागीहरुले बताएका छन् ।
अञ्जली दिदीले तिहारको अवसरमा भाइटीका लगाइदिएको यस वर्षसँगै २५ वर्ष पूरा भएको छ ।
प्रतिक्रिया