चिनका राष्ट्रपति सि जिनपिङ अमेरिका भ्रमणमा

चिनका राष्ट्रपति सि जिनपिङ अमेरिका भ्रमणमा छन् । राष्ट्रपति सि ६ वर्षपछि अमेरिका भ्रमणको सिलसिलामा गएराति सन फ्रान्सिस्को सहर पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सी अमेरिका पुग्दा सडकमा समर्थक र प्रदर्शनकारीको भिड लागेको थियो, ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । अमेरिका भ्रमणको क्रममा सि र राष्ट्रपति जो बाइडेनबीच पनि भेटवार्ता हुँदैछ । पछिल्लो पाँच वर्षयता अमेरिका–चीन सम्बन्ध खराब अवस्थामा रहेको बेला दुई देशका राष्ट्रपतिबीचको भेटवार्ताले सम्बन्ध सुधार गर्न मद्दत गर्ने विश्लेषकहरुले बताएका छन् । तर, अमेरिकाले ताइवान वरपर बढाइरहेको सैन्य उपस्थिति र चीनले पनि बारम्बार चेतावनी दिनुले सम्बन्ध सुधारको संकेत नगर्ने पनि विश्लेषण हुँदै आएको छ । एक अर्काका ठूला व्यापारिक साझेदार समेत रहेका अमेरिका र चीन राजनीतिक र सुरक्षालाई कारण देखाएर बेला बेला एक अर्काका विभिन्न सामान र कम्पनीमाथि प्रतिबन्ध लगाउँदै आएका छन् ।। 
 

प्रतिक्रिया