मर्यादित भएर फेरि टिकटक चलाउने पाइने बालेन शाहको अपेक्षा
काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह ‘बालेन’ले मर्यादित भएर फेरि टिकटक चलाउने पाइने अपेक्षा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत सरकारको टिकटक बन्द गर्ने निर्णयमा प्रतिक्रिया दिदै टिकटक बन्द गरिनु उचित निर्णय नभएको उल्लेख गर्दै नियमन जरुरी रहेको बताएका हुन । महानगरप्रमुख प्रमुख साहले टिकटकले विकृतिमात्र नभएर धेरै नयाँ उद्यमीहरूलाई आफ्नो बजार प्रवर्द्धन गर्ने ठाउँ दिएको टिप्पणी पनि गरेका छन । मौका नपाएका प्रतिभाहरूलाई आफ्नो प्रतिभा देखाउने ठूलो अवसर टिकटकले सिर्जना गरिदिएको र नेपाली गीत संगीतलाई अन्तर्राष्ट्रियकरण गर्न मद्दत गरेको पनि उनको भनाइ छ । नियमनको अभावमा आफूले पनि टिकटकबाट हैरानी खेपेको उनले खुलाएका छन् । उनले आफ्नो नाममा फेक खाता खोलेर लाइभ तथा गलत सूचना प्रवाह गरेको स्मरण गरेका हुन । नेपाल प्रहरी साइबर क्राइमm, नेपाल दूर सञ्चार प्राधिकरणले त्यस्तो कुरा विगतमा नियन्त्रण नगरको पनि उनको भनाइ छ ।।
प्रतिक्रिया