टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयमा शिर्ष नेताहरुको विरोध

भिडिओ सेयरिङ एप टिकटक प्रयोगमा प्रतिबन्ध लगाउने निर्णयको सत्तारूढ दलकै शीर्ष नेताहरूले आलोचना गरिरहेका छन् । कसैले दुरुपयोग गरेको छ भने नियमन गरेर दोषीलाई कारबाही गर्नुपर्नेमा विचार तथा अभिव्यक्ति स्वतन्त्रतामा रोक लगाउनु उचित नभएको तर्क छ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले टिकटक प्रयोगमा रोक लगाउने सरकारको निर्णय खेदजनक रहेको बताएका छन । कांग्रेसकै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि सरकारको निर्णयको आलोचना गरेका छन् । नेकपा एमालेका महासचिव शंकर पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूले टिकटक प्रयोगमा रोक लगाउने निर्णयको विरोध गरेक छन । एमालेका महासचिव पोखरेलले नियमनका नाममा प्लेटफर्म नै बन्द गर्ने कुरा उचित नभएको बताएका छन् । रास्वपाका सभापति लामिछानेले अराजकता अभिव्यक्तिमा हुन सक्ने र माध्यमको दोष नरहेको तर्क गरेका छन् । यस्तै राप्रपाका अध्यक्ष लिङ्देनले सरकार निरंकुशताको बाटो हिँडेको टिप्पणी गरेका छन् ।नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले सरकारले टिकटक बन्द गर्न गरेको निर्णय उपयुक्त नभएको बताएका छन् । नेताहरू मात्र होइन, विभिन्न संघसंस्था तथा सरोकारवालाले टिकटक बन्द गर्ने निर्णयको आलोचना गरिरहेका छन् ।। 
 

प्रतिक्रिया