रौतहट सुनचाँदीको तिहार तथा छठ शुभ–कामना सम्पन्न
रौतहट सुनचाँदी व्यवसायी संघको आयोजनामा शुभ–दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम गरुडामा सम्पन्न भएको छ ।
प्रदेश सांसद विणादेवी साह प्रमुख अतिथी रहनुभएको सो कार्यक्रम व्यवसायीहरुले राज्यले व्यवसायी र उपभोक्तामैत्री सुनचाँदी नीति नियम नबनाउदा व्यवसाय गर्न समस्या भएको बताएका थिए ।
संघका अध्यक्ष अरुणकुमार सोनीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघ मधेश प्रदेशका सभापति रामजी साहले मधेशका सुन व्यवसायीहरु ढुक्कसँग व्यवसाय गर्ने वातावरण नभएको बताए । कार्यक्रममा संघका उपाध्यक्ष कामेश्वरनाथ प्रसाद साह,उपाध्यक्षहरु,मुकेशकुमार साह,वासुदेव साह सोनार,महासचिव ललितकुमार सोनी, सचिव श्यामवावु साह लगायतले बोल्नुभएको थियो ।
प्रतिक्रिया