ठूला लोकतान्त्रिक मुलुकमा पनि टिकटक निर्वाध प्रयोगमा रोक

काठमाडौ । ठूला लोकतान्त्रिक मुलुकहरु अमेरिका, भारत, फ्रान्स, क्यानडा, बेलायतले पनि टिकटक निर्वाध प्रयोगमा रोक लगाएका छन् । विश्वभर नै चर्चित बनेको यो सामाजिक सञ्जालले गोपनीयता भंग हुने, राष्ट्रिय सुरक्षा र डाटा सुरक्षाको चिन्ता बढाएपछि लोकतान्त्रिक मुलुकहरुले पनि आंशिक र पूर्णरुपमा बन्द गराएका हुन् ।  भारतले सार्वभौमसत्ता र अखण्डता, भारतको रक्षा, राज्यको सुरक्षा र सार्वजनिक व्यवस्थाको सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिहरूमा संलग्न भएको भन्दै टिकटक र अन्य ५८ चिनियाँ एपहरूमा सन् २०२० मा राष्ट्रव्यापी प्रतिबन्ध लगाएको थियो । भारत र चिनियाँ सेनाबीच सीमा क्षेत्रमा भएको झडपपछि सरकारले प्रतिबन्ध लगाएको हो । अफगानिस्तानमा तालिबानले तालिबानले इस्लामिक कानुनसँग मेल न खाने भन्दै अप्रिल २०२२ मा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । अष्ट्रेलियाले गृह विभागले उठाएको सुरक्षा चिन्तालाई उद्धृत गर्दै संघीय सरकारको स्वामित्वमा रहेका सबै उपकरणहरूमा टिकटक एपमाथि प्रतिबन्ध लगाइएको छ । अमेरिका र बेलायतले केही सरकारी डिभाइसहरुमा टिकटक प्रतिबन्ध लगाएको छ । बेल्जियमले सरकारी अधिकारीहरूको काममा प्रयोग हुने फोनबाट टिकटकलाई प्रतिबन्ध लगाएको छ । गोपनीयता र सुरक्षाको जोखिमको कारण देखाउँदै क्यानाडाले यस वर्षको फेब्रअरीमा सबै सरकारी मोबाइल उपकरणहरूमा टिकटकलाई प्रतिबन्ध लगाएको थियो । डेनमार्कको रक्षा मन्त्रालयले गत मार्चमा कर्मचारीहरूलाई उनीहरूको कामका उपकरणहरूमा टिकटक डाउनलोड गर्न प्रतिबन्ध लगाएको थियो । न्यूजील्याण्डको संसदले सबै कर्मचारीका उपकरणहरूमा टिकटक प्रतिबन्धको लगाएको छ । नर्वेजियन संसदले सरकारी उपकरणहरूमा टिकटकलाई प्रतिबन्ध लगाएको थियो । 

प्रतिक्रिया