नेपालमा  टिकटक बन्द गर्ने सरकारको निर्णय

सरकारले सामाजिक सञ्जल टिकटक बन्द गर्ने निर्णय गरेको छ । टिकटकबाट सामाजिक सद्भाव विगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय सरकारले गरेको हो । टिकटक बन्द गर्ने निर्णय तत्काल भएपनि कहिलेसम्म भन्ने तोकिएको छैन । त्यस्तै बैठकले नेपाल संवत् ११४४ देखि विक्रम संवत् उल्लेख गरिने सबै सरकारी कागजातमा नेपाल संवत् पनि उल्लेख गर्ने निर्णय गरेको छ । नेपाल संवत् ११४४ देखि विक्रम संवत् उल्लेख गरिने सरकारी कागजातमा नेपाल संवत्ंसमेत उल्लेख गर्ने निर्णय सरकारले गरेको हो ।। 

प्रतिक्रिया