निजगढमा विमानस्थल जुनसुकै हालतमा पनि बनाउने मन्त्री किरातीको प्रतिबद्धता

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले बाराको निजगढमा प्रस्तावित अन्तराष्ट्रिय बिमानस्थल देशकै गेम चेन्जर परियोजना हुने भएकोले जुनसुकै हातलमा बनाइ छाड्ने दावी गरेका छन् । चितवनको भरतपुर बिमानस्थलमा संचारकर्मीहरुसंग कुरा गर्दे मन्त्री किरातीले निजगढमा बिमानस्थल बन्नैपर्ने जिकिर गरेका हुन् ।  बन र मुद्दाको समस्याका कारण ९० प्रतिशतमा पुगेको पोजेक्ट लुडो खेलेजस्तै जिरोमा झरेको उल्लेख गर्दे अहिले मन्त्रीपरिषदले पुनः पर्यटन मन्त्रालयमा पठाइसकेकोले तत्काल काम अगाडि बढाउने बताए । 
मन्त्री किरातीले भौगोलिक हिसावले देशकै मध्य भागमा रहेको,फाष्ट्रट्र्याक पनि सोही प्रयोजनका लागि तयार हुदै गरेको र अव केही बर्षमा काठमाण्र्र्डौं बिमानस्थलबाट जहाज उडाउन किनै कठिन देखिएकोले त्यसको बिकल्प निजगढ मात्रै भएको बताए । उनले पोखरा र भैरहवा अन्तराष्ट्रिय बिमानस्थललाई पिपिपि मोडेलमा संचालन गर्नका लागि प्रक्रिया अगाडि बढेको बताए । पहिला बनेका बिमानस्थलहरु बैज्ञानिक आधारमा नभई राजनीतिक दवावमा बढी बनेकोले संचालनमा समस्या आएकोले अव नया बन्ने बिमानस्थल बैज्ञानिक अध्ययन र आवश्यकताका आधारमा मात्रै बन्ने मन्त्री किरातीको भनाई थियो । चितवनको भरतपुर बिमानस्थलको रनवे बिस्तारका लागि नेपाली सेनासंग तीव्र छलफल भइरहेकोले तत्कालै प्रक्रिया अगाडी बढ्ने मन्त्री किरातीको दावी छ । संस्कृति,पर्यटन तथा नागरिक उड्ययनमन्त्री किरातीले आज चितवनको रत्ननगरमा रेहको गामवेसीको चेपाङ संरक्षणमा केन्द्रमा रहेका बालकालिकासंग देउसी खेल्ने र इच्छाकामना गाउपालिका वडा नं १ मा रहेको चेपाङ बस्तीमा कम्मल लगायत जाडोका कपडा बितरण गर्ने कार्यक्रम रहेको छ । 
 

प्रतिक्रिया