भूकम्प पीडितका लागि हालसम्म ३५ हजार ५७३ थान त्रिपाल वितरण

जाजरकोटका भूकम्प पीडितका लागि हालसम्म ३५ हजार ५ सय ७३ थान त्रिपाल पुगेको छ । ३२ हजार ७ सय १५ थान सात वटै स्थानीय तहमा वितरण गरिएको हो । कुशे गाउँपालिकामा हालसम्म ३ हजार ७ सय ४९ थान त्रिपाल वितरण गरिएको छ । यसैगरी छेडागाड नगरपालिकामा ३ हजार ५१ र जुनिचाँदे गाउँपालिकामा ३ हजार ८ सय ७३ थान त्रिपाल वितरण गरिएको छ । यस्तै नलगाड नगरपालिका ८ हजार ८ सय ७१ थान र बारेकोट गाउँपालिकामा ४ हजार ७ सय ८१ थान त्रिपाल वितरण गरिएको छ । यसैगरी भेरी नगरपालिकामा ६ हजार १ सय ८९, शिवालय गाउँपालिकामा २ हजार २ सय १ थान त्रिपाल वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
हालसम्म जिल्लामा १० हजार ७ सय ७१ बोरा चामल राहत स्वरुप आएको छ । त्यसमध्ये कुशे गाउँपालिकामा १ हजार १ सय ९१, छेडागाड नगरपालिकामा १ हजार ३ सय ९२ जुनिचाँदे गाउँपालिकामा ७ सय ८७ बोरा चामल वितरण भएको छ । नलगाड नगरपालिकामा २ हजार ५ सय ७५, बारेकोट गाउँपालिकामा ३ सय ९५, भेरी नगरपालिकामा २ हजार ४ सय ४० र शिवालय गाउँपालिकामा ७ सय २ बोरा चामल वितरण गरिएको स्थानीय प्रशासनले जनाएको छ । 
 

प्रतिक्रिया