गाजा क्षेत्रवाट १५०० भन्दा बढी प्यालेस्टानी इजरायलको नियन्त्रणमा

गाजामा युद्ध शुरू भएदेखि यता जुडिया र सामरियाभरि लगभग १ हजार ५७० आतङ्कवादीहरूलाई कब्जा गरेको इजरायली पक्षका दाबी गरेको छ  ।  तीमध्ये लगभग ९ सय ५० आतङ्कवादी सङ्गठन हमाससँग सम्बन्धित छन् । सिन बेटको निर्देशनमा सामरियाको बुर्का गाउँमा आतङ्कवादी टोलीलाई विफल पारेको बताएको छ । यसैगरी ३४ वर्षीय आतङ्कवादी मेनेसर सिफले हातमा बम लिएर भाग्ने प्रयास गर्दे गरेको बेला सेनाको आक्रमणमा मारिएका थिए । उनी सोही गाउँका बासिन्दा थिए जसलाई इजरायलले १७ वर्षसम्म कैद गरेको थियो ।सेनाले उनको घरको छतमा भेटिएका विस्फोटक पदार्थहरूलाई ध्वस्त पारेको थियो । सेनाले आतङ्कवादी टोलीको कब्जामा रहेका हतियारहरू पनि बरामद गरेको छ । सेनाले हेब्रोन शहरमा अपरेसनमा क्रममा लडाकुहरूले हतियार उत्पादनका लागि प्रयोग गर्ने गरेका चारवटा मेसिनहरू पनि जफत गरेको  छ । त्यसैगरी जेनिन शहरमा आतङ्कवाद विरुद्धको इन्जिनियरिङ अपरेशनमा आतङ्ककारीहरूले सेनालाई गोली हान्दा जवाफी फायर गर्दा एकजना आतङ्ककारी मारिएका छन् । यसैविच इजरायलको रक्षा मन्त्रालयले फिनल्यान्डलाई डेभिडको स्लिङ एयर डिफेन्स सिस्टम बिक्रीका लागि  ३४० मिलियन डलर सम्झौताको घोषणा गरेको छ । यसलाई ‘ऐतिहासिक सम्झौता’ भन्दै मन्त्रालयले इजरायली र अमेरिकी कम्पनीहरूले संयुक्त रूपमा विकास गरेको प्रणालीले ब्यालेस्टिक मिसाइल, क्रुज मिसाइल, विमान र ड्रोनलाई रोक्न सक्ने बताएको छ ।। 
 

प्रतिक्रिया