विधेयक पारित गर्न मन्त्रीहरुमा गम्भिरता देखिएन: राष्ट्रियसभाध्यक्ष तिमिल्सिना
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयक पारित गर्नका लागि मन्त्रीहरुमा गम्भिरता नदेखिएको बताएका छन । उनले मन्त्रीहरुले विधेयक ल्याउनका लागि नै चासो नदेखाएको र त्यस्तै संसद र समितिमा विधेयकको सम्बन्धमा छलफल भइरहँदा पनि मन्त्री अनुपस्थित हुने गरेको गुनासो गरेका हुन । अध्यक्ष तिमल्सिनाले संसदमा विधेयकको सम्बन्धमा छलफल भइरहँदा पनि मन्त्रीहरु अन्य काममा हिँड्ने गरेका बताए ।
अध्यक्ष तिमिल्सिनाले विधेयकलाई गुणस्तरीय बनाउनका लागि विधेयकको मस्यौदा बनाउँदादेखि नै ध्यान पु¥याउनुपर्ने बताए । उनले विधेयकको मस्यौदा गर्दा सम्बन्धित विषयको गाम्भिर्यता, दूरगामी प्रभाव तथा राष्ट्र र जनताको हितलाई केन्द्रबिन्दुमा राखेर गर्नुपर्ने बताए । आफ्नो हितलाई मात्रै केन्द्रबिन्दुमा राखेर विधेयक निर्माण गर्नु नहुने भन्दै त्यसो गरिएमा विधेयकमा गुणस्तरीयता नआउने अध्यक्ष तिमल्सिनाको भनाइ छ ।
प्रतिक्रिया