आज महाकवि देवकोटाको ११४ औँ जन्मजयन्ती

नेपाली साहित्यका  महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १४ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।  देवकोटाको जन्म १९६६ कात्तिक कृष्ण औँसीका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो । 
१० वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको  ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा लोकप्रिय र बढी बिक्री भएको पुस्तक हो । तीन महिनामा ‘शाकुन्तला’ महाकाव्य, दशदिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तत्काल कविता लेख्नसक्ने क्षमता थियो।  देवकोटाको कवि(प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय छ । देवकोटाको निधन २०१६ सालमा भएको थियो । 
 

प्रतिक्रिया