एक दिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल समिकरण पूरा

विश्वकप क्रिकेट २०२३ मा लिग चरणको अन्तिम खेल आज भारत र नेदरल्याण्ड्सबीच हुँदै छ । बेंगलुरुमा खेल दिउँसो सवा २ बजेदेखि हुनेछ । यसअघि अन्य टिमले लिग चरणका आ–आफ्ना खेल खेलिसकेका छन् ।साथै सेमिफाइनल पुग्ने टिम र बाहिरिने टिमको टुंगो लागिसकेको छ । जसअनुसार अंक तालिकाको शीर्ष स्थानमा रहेका ४ टिमले बुधबार र बिहीबार सेमिफाइनलका खेल खेल्ने छन् । अंक तालिकाको शीर्ष स्थानमा भारत, दक्षिण अफ्रिका, अस्ट्रेलिया र न्युजिल्याण्ड रहेका छन ।  यी टिममध्ये बुधबार भारत र न्युजिल्याण्ड तथा बिहीबार दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच खेल सेमिफाइनल खेल तय गरिएको छ । त्यस्तै विश्वकप २०२३मा सहभागी १० टिममध्ये पुछारमा रहेका दुई टिमले आगामी वर्ष सन् २०२५ मा हुने च्याम्पियन्स ट्रफी खेल्न पाउने छैनन् । हाल प्रतियोगिताको पुछारमा नेदरल्याण्ड्स र श्रीलंका रहेका छन् । आज भारतसँग हुने खेलमाम नेदरल्याण्ड्सले कुनै चमत्कार गरेर ठूलो अन्तरले जित्नुपर्ने छ र रनरेटमा बंगलादेशभन्दा माथि पुगेमामात्रै नेदरल्याण्ड्सले च्याम्पियन्स ट्रफी खेल्न पाउने  छ। नत्र सेमिफाइनल पुग्ने ४ टिमसहित पाकिस्तान, अफगानिस्तान, इग्ल्याण्ड र बंगलादेशले आगामी वर्षको च्याम्पियन्स ट्रफी खेल्नेछन । 

प्रतिक्रिया