विद्युतीय झिलिमिली बत्ती आयात भएअनुसार बजारमा माग नभएको व्यवसायीहरुको गुनासो

काठमाडौं । विद्युतीय झिलिमिली बत्ती आयात भएअनुसार बजारमा माग भने नभएको व्यवसायीहरुले गुनासो गरेका छन् । उज्यालो पर्वको रुपमा लिइने तिहारलाई विद्युतीय झिलिमिली बत्तीको प्रयोग गरी अझ विशेष बनाउने गरिन्छ । तिहार लागेसँगै हरेक पसल तथा घरलाई झिलिमिली बनाउनका लागि झिलिमिली बत्तीको प्रयोग गर्ने गरिन्छ । तर, अघिल्ला वर्षको तुलनामा यस वर्ष भने झिलिमिली बत्तीको माग घटेको व्यवसायीले जनाएका छन् । तिहारका लागि गत वर्ष ३६ करोड बराबरका विद्युतीय दियो, मालाबत्ती लगायत झिलिमिली बत्तीहरु आयात भएकोमा यो वर्ष १० प्रतिशतले वृद्धि भएर लगभग ४० देखि ४५ करोड रुपैयाँ बराबरको बत्ती आयात भएको छ । आयात बढेपनि आर्थिक मन्दीका कारण यस वर्ष झिलिमिली बत्तीको व्यापार धेरै नहुने अवस्था देखिएको व्यवसायीहरुको गुनासो छ । 

प्रतिक्रिया