अत्याधिक चिसोका कारण भूकम्प पीडितहरु विरामी पर्दै

काठमाडौं । अत्याधिक चिसोका कारण भूकम्पपीडित मारमा पर्न थालेका छन्रु । खुला स्थानमा त्रिपाल र कम्बलको भरमा रात कटाइरहेका पीडितहरुको अत्याधिक जाडोका कारण स्वास्थ्यमा समस्या देखिन थालेको हो । चिसोकै कारण जाजरकोटको नलगाड नगरपालिका–४ का ८४ वर्षीय गोपालबहादुर रावल र ४८ वर्षीया पम्फा रावलको मृत्यु भएको छ । गोपालबहादुर दमका बिरामी थिए भने पम्फाको निमोनियाका कारण मृत्यु भएको बताइएको छ । भूकम्पका कारण विशेषगरी ज्येष्ठ नागरिक, बालबालिका, सुत्केरी महिला, दम, बाथरोग र मुटुरोगका विरामी बढी मारमा परेका छन् । भूकम्पपीडितलाई लत्ताकपडाको अभाव भएपछि चिसोका कारण बिरामी पर्ने दर बढिरहेको हो । स्थानीय तहमार्फत प्रतिपरिवार वितरण गरिएको एक÷एक थान त्रिपाल र कम्बलकै भर पर्नुपरेपछि प्रभावितहरुमा रुघाखोकी, ज्वरो, झाडापखालालगायत स्वास्थ्य समस्या देखिन थालेको होरु। चिसोका कारण दीर्घरोगीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको बताइएको छ ।

प्रतिक्रिया