नेपालले बिआरआईलाई थप गतिका साथ अघि बढाउँछ: माधवकुमार नेपाल

काठमाडौ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालले बिआरआईलाई थप गतिका साथ अघि बढाउने बताएका छन्।

चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को निमन्त्रणामा चीन पुगेका अध्यक्ष नेपालले खुनमिङमा आयोजित दक्षिण र दक्षिण एसियाली पार्टीहरूको भेला र अनुभव आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै यस्ताे बताएका हुन्।

उनले ‘सेयरिङ द अचिभमेन्ट अफ द बिआरआई’ कार्यक्रमलाई सम्बाेधन गरेका हुन्।

उक्त कार्यक्रममा अध्यक्ष नेपालसहित एसियाका १ सय १९ वटा पार्टीका प्रतिनिधि सहभागी भएका छन्।

अध्यक्ष नेपालले कनेक्टिभिटी (आवागमन), खुला विश्व अर्थतन्त्रलाई सहयोग, व्यावसायिक सहायता योजना, हरित विकास, विज्ञान प्रविधिको नवप्रवर्तन, जनता-जनताबीच आदान प्रदान, एकीकृत सहयोग परियोजना, बेल्ट र रोडका लागि संस्थागत विकासलाई सुदृढ गर्ने विषय सह्रानीय र दूरगामी महत्त्वको रहेको उल्लेख गरे।

बिआरआई परियाेजनाबाट आगामी दिनमा सिंगाे विश्व लाभान्वित हुने उनकाे भनाइ छ।

‘आगामी ५ वर्षमा १०० वटा प्रयोगशाला निर्माण, नमुना परियोजना, सानो तर स्मार्ट जीविकोपार्जन कार्यक्रम, बैंकद्वारा अर्बौं रकमको सहयोग परियोजना स्थापनाजस्ता कार्यक्रमबाट आगामी दिनमा सिंगो विश्व लाभान्वित हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौं। एक हजारवटा साना जीविकोपार्जन सहायता परियोजना कार्यान्वयन गर्ने चीनको प्रतिबद्धताले बिआरआईमार्फत चीनले मानव कल्याणका लागि गर्ने कामको नमुना प्रस्तुत गर्दछ’,अध्यक्ष नेपालले भने।

चिनियाँ राष्ट्रपति सी चिनफिङले बिआरआईमार्फत विश्वलाई उच्च गुणस्तरको सार्वजनिक वस्तु उपलब्ध गराउने प्रतिबद्धता व्यक्त हुनु सिंगो विश्वको लागि खुसीको विषय भएको दाबी गरेका छन्।

भ्रमणका क्रममा अध्यक्ष नेपालले चिनियाँ कम्युनिस्ट पार्टीका उच्च तहका नेताहरूसँग भेटघाटसमेत गरिसकेका छन्। उनीसहितकाे टाेली कात्तिक २८ मा काठमाडौं फर्किनेछ।

नेपालबाट कांग्रेस र राप्रपासहितका दलका प्रतिनिधि पनि यस सम्मेलनमा सहभागी छन् ।

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालले बिआरआईलाई थप गतिका साथ अघि बढाउने बताएका छन्।

प्रतिक्रिया