उमेरको छानबिन सुरू भएपछि उपरथी पाण्डेले दिए राजीनामा
उमेरको विषयमा छानबिन सुरू भएपछि प्रधानसेनापतिको रोलक्रममा रहेका नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन् । उनले बिहीबार साँझ राजीनामा बुझाएका हुन । नागरिकतामा उमेर सच्याएको उजुरी परेपछि सैनिक मुख्यालयभित्रै छानबिन समेत सुरू भएपछि उनले राजीनामा दिएका हुन् । उनी रथीमा बढुवा हुने प्रक्रियामा थिए । पाण्डे आगामी प्रधान सेनापतिको रोलक्रममा समेत थिए । प्रधान सेनापति प्रभुराम शर्माको २०८१ भदौ २४ गते कार्यकाल सकिएपछि पाण्डे रोलक्रममा थिए । उनको एसएलसी प्रमाणपत्रमा जन्म मिति २०२१ माघ १२ र नागरिकतामा २०४२ चैत २५ गते छ । तर २०३८ सालमा एसएलसी परीक्षा दिएका उनले २०४२ सालमा नागरिकतामा उमेर सच्याइएको आरोप छ । पाण्डेले उमेर घटाएर नागरिकता बनाई सोही आधारमा एसएलसी लगायतका शैक्षिक प्रमाण पत्रहरूमा केरमेट र सच्याएको भन्दै उजुरी पनि परेको थियो ।
प्रतिक्रिया