क्रान्ति र आन्दोलनको बाटो सरल रेखामा हुँदैन: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले क्रान्ति र आन्दोलनको बाटो सरल रेखामा नहुने बताएका छन । रोल्पा जिल्लाको थवाङमा आज आयोजित कार्यक्रममा उनले आफुहरु नयाँ चरणको क्रान्तिको तयारीमा रहेको जानकारी दिदै क्रान्ति कहिले बांगोटिंगो हुने र कहिले एक कदम पछाडि हटने बताएका हुन । अध्यक्ष दाहालले संविधानमा नै समाजवादको संकल्प गरिएकाले त्यसलाई पुरा गर्न नयाँ अभियान अर्थात क्रान्ति चाहिने बताए । उनले पार्टीको आगामी विशेष महाधिवेशनबाट पार्टीको समाजवादको बाटो थप स्पष्ट हुने बताए । अध्यक्ष दाहालले तिहारपछि आर्थिक गोलमेच गर्ने तयारीमा रहेको पनि जानकारी दिए ।  अध्यक्ष दाहालले थवाङ विचार र क्रान्तिको प्रतीक भएको पनि उल्लेख गरे । थवाङलाई क्रान्तिकै कारण देशले मात्रै चिन्दैन, सिंगरुो विश्वले चिन्ने उनको दाबी थियो । प्रधानमन्त्री दाहालले देशको आर्थिक अवस्था क्रमश सुधारको बाटोमा रहेको बताए ।
 

प्रतिक्रिया