संघीयतासम्बन्धि सबै कानूनहरु छिटो निर्माण गर्नुपर्छ: प्रकाशमान सिंह
नेपाली काँग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले संघीयतासम्बन्धि सबै कानूनहरु छिटो निर्माण गर्नुपर्ने बताएका छन । २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०९ औं जन्मजयन्तिको अवसर पारेर आज आयोजित कार्यक्रममा उनले जनताको असन्तुष्टिलाई सम्बोधन गर्नका लागि तीन वटै तहको सरकारलाई काम गर्ने वातावरण बनाउन पनि संघीयता सम्बन्धि कानून निर्माणमा ढिलाई गर्न नहुने बताएका हुन । नेता सिंहले संविधानको भावना र मर्मअनुसार कानून निर्माण भएमात्रै नेपाली जनताको चाहनाअनुसार संघीय, प्रदेश र स्थानीय तहको सरकारले काम गर्नसक्ने वातावरण बन्ने स्पष्ट पारे ।
नेता सिंहले गणेशमान सिंहले दिएको आर्थिक क्रान्तिको खाका अनुसार अघि बढनसके नेपाली जनताको चाहना अनुसार मुलुकलाई अघि बढाउन सकिने दाबी समेत गरे । उनले गणेशमान सिंहले नेपालको राजनीतिक परिवर्तनको आन्दोलनमा मात्र नभई आर्थिक क्रान्तिको नयाँ खाका समेत कोरेको दाबी गरे ।
प्रतिक्रिया