जाजरकोट र रुकुमका भूकम्प प्रभावित क्षेत्रमा राहतको अभाव कायमै
भूकम्प प्रभावित क्षेत्रमा राहतको अभाव देखिएको छ । भुकम्पको एक साता वित्दा पनि सरकारले सबै पीडितसम्म राहत सामाग्री पु¥याउन नसकेको हो । जाजरकोट र रुकुम पश्चिमका प्रभावित धेरैजसोले अहिलेसम्म एउटा त्रिपाल समेत पाउन नसकेको देखिएको छ । सदरमुकाम र आसपाका बासिन्दाले भने पर्याप्त त्रिपाल, ब्लाङ्केट खाद्यान्न लगायतका राहत सामग्री पाएका छन । कतिपय ठाउँमा पुगेका सामग्री पनि पहुँच भएकाले मात्रै पाएको गुनासो पीडितहरुले गरेका छन। जाजरकोटको कुशेमा अधिकांश ठाँउमा राहत पुगेको छैन । रुकुम पश्चिममा पनि पाल, ब्लाङ्केटलगायतका सामग्रीको अभाव देखिएको छ । दुबै जिल्लाका प्रशासन कार्यालयले एकद्वार प्रणालीवाट राहत वितरण भैरहेको जनाएका छन । एक हप्तादेखि खुला ठाउँमा रहेका भूकम्प पीडितहरुलाई चिसोले थप असर पार्न थालेको छ । कतिपय पीडितमा निमोनिया लगायतको समस्या देखिएको छ ।
प्रतिक्रिया