मिडिया ट्रायलबाट न्यायाधीश डराउनु पर्दैन: प्रधानन्यायाधीस श्रेष्ठ

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मिडिया ट्रायलबाट न्यायाधीश डराउनु नपर्ने बताएका छन ।  ललितपुरमा आयोजित एक कार्यक्रमलाई उनले मिडिया ट्रायल अनुसन्धानको क्रमदेखि नै देखिने भन्दै मिडिया ट्रायलसँग न्यायाधीश डराउनु नपर्ने बताएका हुन । प्रधानन्यायाधीस श्रेष्ठले आचारसंहीताको विषयमा बारम्बार छलफल हुँदै गेरको बताउँदै अब फेरि नयाँ तरिकाले मिडियासँगको सम्बन्ध र प्रविधिसँगको न्यायपालिकाको सम्बन्धमा नयाँ बहस चलाउनुपर्ने स्थिति आएको बताए । 
प्रविधिमैत्री न्यायपालिका नभए काम कारबाही धेरै पछि पर्दै जाने भन्दै प्रधानन्यायाधीस श्रेष्ठले  पेशी, तारिखमा अटो मेसन लागू गरेसँगै सर्वोच्च अदालतमा हाइसन्चो भएको बताए । उनले कृतिम बौद्धिकता ‘एआई’ अदालतमा प्रयोग गर्नुपर्ने समेत बताए । 
प्रधानन्यायाधीस श्रेष्ठले आफूले संसदीय समितिको बैठकमा एआइमा केही अध्ययन गर्नुपर्ने कुरा राखेको र यसको अध्ययन गरी प्रयोग गर्न पाए अदालतलाई फाइदा हुने जानकारी दिए । एआई अब कुनै न कुनै माध्यमबाट कोर्टमा प्रयोग गर्नुपर्ने आवश्यकता देखिएको उनको भनाइ थियो । अहिले अदालतमा अनलाइन रजिष्ट्रेशन गर्न जोड दिएको र यसले अदालतमा आउने अनावश्यक भीडलाई कम गरेको दाबी समेत प्रधानन्यायाधीस श्रेष्ठले गरे ।
 

प्रतिक्रिया