इजरायल गाजामा दैनिक चार घण्टा आक्रमण रोक्न सहमत

इजरायल अस्थायी संघर्षविरामका लागि तयार भएको छ । इजरायलले उत्तरी गाजा क्षेत्रमा आक्रमण हरेक दिन चार घण्टा रोक्ने भएको छ । हरेक दिन युद्ध विश्रामको जानकारी इजरायले तीन घण्टा अगाडि मात्रै दिने बताइएको छ । इजरायलको निर्णयको ह्वाइटहाउसले स्वागत गरेको  छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग गरेको वार्ताका कारण युद्ध विश्राम भएको ह्वाइट हाउसको दाबी छ । इजरायलीको आक्रमणबाट बालबालिका निसानामा परेको भन्दै अन्तर्राष्ट्रिय समुदायले चिन्ता व्यक्त गरेका थिए । केही दिन अघि इजरायलले मानवीय सहायता सामग्रीको आपूर्ति र बन्धकहरुलाई बाहिर निकाल्न गाजामा जारी युद्धमा क्षणिक रणनीतिक विश्राम गर्नेबारे विचार गर्न सकिने बताएको थियो । प्यालेस्टिनी विद्रोही समूह हमासले गत  अक्टोबर ७ मा इजरायलमा हमला गरेपछि इजरायलले युद्धको घोषणा गर्दै हमासविरुद्ध सैन्य कारबाही जारी राखेको छ । यो कारबाहीमा इजरायललाई अमेरिकाले साथ दिएको छ । 

प्रतिक्रिया