सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा दुवै पक्षसँग बहस नोट माग

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा अदालतले दुवै पक्षसँग बहस नोट माग्ने आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशव घिमिरेको इजलासले आज पेसीमा बहस नगरी दुवै पक्षसँग बहस नोट झिकाउने आदेश गरेका हुन । दुवै पक्षले बहस नोट बुझाइसकेपछि अब अर्को पेसीमा मात्रै फैसलाका लागि बहस सुरु हुने बताईएको छ । बहस नोट बुझाउन मंसिर २२ गतेसम्मको समय दिइएको छ भने अर्को पेसी मंसिर २४ गतेका लागि तोकिएको छ । सर्वोच्चले यो मुद्दा छिटो टुंगो लगाउन जिल्ला अदालतलाई आदेश दिएपनि एक वर्ष बढी भइसक्दा पनि अन्तित फैसला आउन सकेको छैन । बहस नोट क्रिकाएसँगै अब भने अन्तिम सुनुवाई अगाडी बढ्ने सम्भावना बढेको छ । अर्को पेसी कहिले हुने भन्ने तोक्न बाँकी छ । सन्दीपविरुद्ध एक किशोरीले २०७९ भदौमा बलात्कारको आरोप लगाउँदै जाहेरी दिएकी थिइन् । जिल्ला अदालत काठमाडौंले प्रारम्भिक सुनुवाइका क्रममा सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो  तर उक्त आदेश उच्च अदालत पाटनले बदर गर्दै सन्दीपलाई २० लाख नगद धरौटीमा छाड्न आदेश दिएसँगै तीन महिना जेल बसेर सन्दीप छुटेका थिए । जेलबाट छुटेपछि सन्दीप राष्ट्रिय टिमबाट खेल्दै आएका छन ।। 

प्रतिक्रिया