सुदूरपश्चिममा विपद् जोखिम न्यनिकरण प्रादेशिक कार्यमञ्च गठन

विपद् व्यवस्थापनको क्षेत्रमा सम्पूर्ण सरोकारवालाहरुको अपरीहार्यतालाई मनन गर्दै सुदूरपश्चिम प्रदेशमा आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज भट्टको अध्यक्षतामा विपद् जोखिम न्यनिकरण प्रादेशिक कार्यमञ्च गठन भएको छ ।  राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण र आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रादेशिक मञ्च गठन भएको हो । विभिन्न तहमा विपद् जोखिम न्युनिकरण कार्यमञ्च गठन गरी विपद् व्यवस्थापनका कार्यलाई समन्वयात्मक र प्रभावकारी बनाउन मञ्चले काम गर्ने बताइएको छ । केन्द्रीय तहमा गृह मन्त्रालयले विपद् जोखिम न्युनिकरण राष्ट्रिय कार्यमञ्च” गठन गरी “विपद् जोखिम न्युनिकरण राष्ट्रिय कार्यमञ्च नेपालको कार्यसञ्चालन मार्गदर्शन स्वीकृत गरी लागू गर्दै आएको छ । मञ्चले प्रदेश तहमा त्यसलाई कार्यान्वयन गर्ने बताईएको छ ।  कार्यक्रममा, प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, वपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन परीषद्का सदस्य डा. गंगालाल तुलाधार, राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त प्रतिनिधि स्मिता पौडेल लगायतले सुदुरपश्चिममा विपद जोखिमको अवस्थाबारे चर्चा गरेका थिए । 

प्रतिक्रिया