मधेस प्रदेश सरकारले ६ बुँदे माग राखि प्रधानमन्त्रीलाई बुझायो ज्ञापन पत्र
मधेस प्रदेश सरकारले प्रदेश प्रहरी समायोजन लगायतका ६ बुँदे माग राखि प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएको छ । बिहीवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसहितको टोलीले प्रहरी समायोजन, कर्मचारी व्यवस्थापन, वन, गुठीलगायतको अधिकार प्रदेशलाई दिनुपर्ने मागसहित प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाएको हो । मुख्यमन्त्री यादवले ३० दिनभित्र प्रदेशका माग सम्बोधन नगरे शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी समेत दिएको जानकारी दिए । ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहालले मागहरु जायज भएको र ३० दिनभित्र सम्बोधन गर्ने प्रतिवद्धता जनाएको मुख्यमन्त्री यादव बताए ।
मुख्यमन्त्री यादवले प्रदेश अधिकारका लागि सबै प्रदेशका मुख्यमन्त्रीहरुलाई मिलेर अघि बढ्न आह्वान समेत गरे ।
प्रतिक्रिया