तीन क्रिकेट रंगशालालाई गौरबको आयोजनाका रुपमा अघि बढाइने
सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले विमानस्थल निर्माण सुझाव दिन गठित विज्ञ समूहको प्रतिवेदन कार्यान्वयनको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो । बैठकपछि सञ्चार तथा सुचना प्रविधि रेखा शर्माले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अघि बढाउने निर्णय सरकारले गरेको जानकारी दिइन ।
त्यस्तै सरकारले तीन वटा रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने भएको छ । मन्त्रिपरिषद बैठकले मोरङको विराटनगर, काठमाडौंको मूलपानी र चितवनको भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने निर्णय गरेको हो ।
यस्तै इन्धनमा लगाउँदै आएको पूर्वाधार शुल्कमध्ये रु ५ प्रतिलिटर बुढीगण्डकी जलविद्युत आयोजनालाई उपलब्ध गराउने र विद्युत प्राधिकरणमार्फत् कर्णाली चिसापानी जलविद्युत आयोजनाको अध्ययन अघि बढाउने निर्णय पनि सरकारले गरेको छ । त्यसैगरी सरकारले युरोपको पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने भएको छ । पोर्चुगलमा नेपाली दूतावास स्थापना गरी सनिल नेपाललाई राजदूत सिफारिस गर्ने निर्णय मन्त्रिपरिषदले गरेको हो । प्रधानमन्त्री तथा मन्त्रीहरूले एक महिनाको तलब भूकम्प पीडितलाई दिने भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठक जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्र र मन्त्रीहरूको एक महिनाको तलब दिने निर्णय गरेको हो ।
प्रतिक्रिया