दशैंको च्याङ्ग्रा, खसीबोका नबिकेपछि तिहार अफरमा बेच्न विज्ञापन

सरकारले दशैंलाई ल्याएको च्याङ्ग्रा र खसीबोका नबिकेपछि तिहार अफरमा बेच्ने गरी पत्रिकामा विज्ञापन नै छापेको छ । दशैंअघि ल्याएको च्याङ्ग्रा आधाजसो नै बाँकी भएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तिहार अफरमा बेच्ने गरी विज्ञापन गरेको हो । कम्पनीका अनुसार आजदेखि जिउँदो च्याङ्ग्रा ११ सय ५० र खसिबोका ५ सय ९० रुपैयाँ किलोमा बिक्री गरिनेछ । खरिद गर्ने उपभोक्तालाई निःशुल्क घरसम्मै पु¥याइदिने व्यवस्था पनि गरेको कम्पनीले जनाएको छ । अहिले कम्पनीको बागमती प्रादेशिक कार्यालय थापाथलीबाट खसिबोका र च्याङ्ग्रा बिक्री भइरहेको छ । कम्पनीले दशैंलाई लक्षित गरी ५ सय ४२ वटा च्याङ्ग्रा काठमाडौं ल्याएको थियो । त्यसमध्ये अझै २ सयभन्दा बढी च्याङ्ग्रा बिक्री हुन बाँकी रहेका छन् । कम्पनीले दशैंलाई लक्षित गरी १६ सय ६० वटा खसिबोका ल्याएको थियो । लक्ष्मीपूजाको दिन विहानसम्म पनि च्याङ्ग्रा र खसीबोकाको बिक्री जारी राखिने कम्पनीले जनाएको छ । 

प्रतिक्रिया