राज्यले निजी क्षेत्रलाई लखेट्ने नीति बदल्नुपर्छ: पर्यटनमन्त्री किराती

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले राज्यले निजी क्षेत्रलाई लखेट्ने नीति बदल्नुपर्ने  बताएका छन् । आज नक्सालस्थित होटेल होलिडे इन एक्सप्रेसको उदघाटन गर्दै उनले अर्थतन्त्र जटिल बन्दै गइरहेको बेला निजी क्षेत्रले लगानी गरेर रोजगार तथा आर्थिक समृद्धि गरिरहेको बताएका हुन । मन्त्री किरातीले  राज्यका तीन खम्बे अर्थनीति भए पनि निजी क्षेत्रलाई लगनी गर्न सहज वातवरण भने व्यवहारमा नरहेको उल्लेख गरे । 
मन्त्री किरातीले नीजि क्षेत्रले पनि नेपाली श्रम र संस्कृतिसँगै प्रकृतिको समायोजन गरेर नेपालीपनको रोजगार सिर्जनागर्नेगरी लगानी गर्नुपर्नेमा जोड दिए । दुई अर्ब लगानीमा सञ्चालनमा आएको होलिडे इन एक्सप्रेस अन्तर्राष्ट्रिय ब्रान्डको होटलले नेपालमा पर्यटक भित्राउन सहयोग गर्ने सञ्चालनको विश्वास छ । 
व्यवसायी नरेशलाल श्रेष्ठ, महेश्वर श्रेष्ठ र सुजित श्रेष्ठको लगानीमा होटल सञ्चालनमा आएको हो । सय वटा रुमहरु रहेको यो होटलमा दुई वटा ब्याङक्वेट हल, दुई वटा रेस्टुरेन्ट छन् । ‘होलिडे इन एक्सप्रेस’ ब्रान्डको विश्वभरमा छ हजार वटा होटल रहेको जनाइएको छ । 
 

प्रतिक्रिया