एशियन मुलुकका बैंकका सिईओहरुलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न अर्थमन्त्री महतको आग्रह
अर्थमन्त्री डा. प्रकाशशरण महतले एशियन मुलुकका बैंकका सिईओहरुलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन । आज काठमाडौंमा ३९ औं एशियन बैंकर्स एशोसिएशन सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालको जलविद्युत क्षेत्रमा लगानी गरे सरकारले पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन । मन्त्री महतले सरकारले जलविद्युत क्षेत्रमा लगानी गर्ने लगानीकर्ताको सुरक्षामा सरकार प्रतिवद्ध रहेको बताए ।
अर्थमन्त्री महतले सरकारले विद्युत उत्पादन,साना उद्योग तथा कृषिमा प्रमुख प्राथमिकतामा राखेर नीतिगत व्यवस्था गरिहरको दाबी गरे । उनले विदेशी वित्तीय संस्थाले नेपालमा लगानी गर्दा थप प्रभावकारी भएको देखिएको भन्दै सरकारले डिजिटल फाइनान्सिङमा महत्त्वपूर्ण सहयोग गरिरहेकोपनि बताए । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका बाह्य र आन्तरिक क्षेत्र सकारात्मक रहेको बताए ।
गर्भनर अधिकारीले कोरोना महामारी, रुस–युक्रेन युद्ध जस्ता दुई ठूला अन्तर्राष्ट्रिय समस्या र नेपालमा पटक–पटक आएको भुकम्पले पारेको असर समेत सामना गर्दै नेपाली अर्थतन्त्र स्थिर रहेको दाबी गरेका हुन । कोरोनापछि बैंकिङ क्षेत्र लगायत उद्योग व्यवसायमा परेको प्रभावले केही व्यवसाय बन्द हुँदा समेत बैंकिङ क्षेत्रको सहयोग र राष्ट्र बैंकको नीतिको कारण अर्थतन्त्रमा लयमा आउन सफल भएको उनको भनाइ थियो ।
प्रतिक्रिया