मधेसका मुख्यमन्त्री यादवद्धारा प्रधानमन्त्री दाहालको ध्यानाकर्षण

मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले प्रधानमन्त्री  पुष्पकमल दाहालको ध्यानाकर्षण गराएका छन । अहिले केहीबेरअघि प्रहरी समायोजन, कर्मचारी व्यवस्थापन, वन, गुठीलगायतको अधिकार प्रदेशलाई दिनुपर्ने मागसहित यादव सहितको टोलीले ज्ञापनपत्र बुझाएको हो । मुख्यमन्त्री यादवका साथमा मधेसका प्रतिनिधित्व गर्ने पार्टीका सांसद, नेता तथा सांसद पनि प्रधानमन्त्री निवास पुगेका थिए । टोलीले संविधानमा उल्लेख प्रदेशको अधिकार कार्यान्वयनमा ल्याउनुपर्ने माग गरेको छ । माग एक महिनाभित्र पुरा नभए चरणबद्ध आन्दोलनमा जाने मधेस सरकारको चेतावनी छ । प्रदेशको ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री दाहालले आफु प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउने कुरामा सकारात्मक रहेको जानकारी गराएका छन । सङ्घीय सरकारले संविधानमा उल्लेख अधिकार कार्यान्वयनमा ल्याउन प्रतिबद्ध रहेको उनको भनाइ थियो । 
 

प्रतिक्रिया