शरद ऋतुमा हिमाल आरोहणका लागि ११८५ जनालाइ अनुमति

शरद ऋतुमा हिमाल आरोहणका लागि एक हजार १ सय ८५ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार कात्तिक २२ गते सम्ममा स्वदेशी तथा विदेशी गरी ९ सय ४८ जना पुरुष र २ सय ३७ जना महिलाले आरोहण अनुमति लिएका हुन् ।  आरोहण अनुमति लिनेमा सबैभन्दा बढी आमादब्लम आरोहणका लागि अनुमति लिने रहेका छन् । आमादब्लम आरोहणका लागि ३ सय ३९ जना पुरुष र ७० जना महिला गरी ४ सय १ जनाले अनुमति लिएका छन् । अहिलेसम्म ७२ देशका आरोहीले विभिन्न ४९ हिमाल आरोहणका लागि अनुमति लिएका छन् । त्यस्तै मनास्लु आरोहणका लागि ३ सय १, हिमलुङ आरोहणका लागि १ सय २५ जनाले अनुमति लिएका छन् । आरोहण अनुमतिबाट छ करोड ९१ लाख रुपियाँ राजस्व सङ्कलन भएको छ । उहाँले यस पटक विभिन्न छ मुलुकका २२ जनाले नेपालका हिमालबाट स्की गर्न अनुमति लिएका छन । स्कीका लागि सबैभन्दा बढी फ्रान्सका नागरिकले अनुमति लिएका छन् । उनीहरू हिमाल आरोहणपछि स्की गर्दै आधार शिविर ओर्लिने छन् ।स्कीका लागि फ्रान्सका १५ जना, फिनल्यान्डका एक जना, अमेरिकाका दुई जना, नेपालका तीन जना र नर्वेका एक जनाले विभागबाट अनुमति लिएका छन् । विभागले हिमलुङ, धवलागिरि, मनासलु, रत्नचुली, पुथा हिउँचुली, एभरेस्टलगायतका हिमालमा स्की अनुमति दिँदै आएको छ ।

प्रतिक्रिया