जाजरकोट केन्द्रबिन्दू भएर आज पनि भूकम्प धक्का
जाजरकोट केन्द्रबिन्दू भएर बिहीबार बिहान पनि भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ३ बजेर ६ मिनेट जाँदा ४ दशमलब २ म्याग्निच्यूडको परकम्प मापन गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गत शुक्रबार राति ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि यहाँ निरन्तर परकम्प गइरहेको छ । जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर बुधबार राति ७ बजेर ५० मिनेट जाँदा ३ दशमलव ५ म्याग्निच्यूडको परकम्प गएको थियो । हालसम्म ४ सय ७० भन्दा बढी पराकम्प गएका छन् । यसैबीच, जाजरकोट भूकम्पको केन्द्रबिन्दु आसपास बारेकोट गाउँपालिका–२, रोकाया गाउँमा बुधबार भूकम्प मापनयन्त्र सिस्मोमिटर जडान गरिएको छरु। परकम्पनको वास्तविक तथ्य लिने गरी यन्त्र जडान गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । अहिलेसम्म देशका विभिन्न स्थानमा रहेका ४२ वटा यन्त्रबाट भूकम्पको तथ्य सङ्कलन गरेर केन्द्रले भूकम्प गएको सूचना दिने गरेको छ ।।
प्रतिक्रिया