भुकम्प प्रभावित दुगर्म क्षेत्रमा राहत पठाउनै कठिनाइ
भुकम्प प्रभावित जिल्लाका दुर्गममा राहत पठाउनै कठिनाइ आएको छ। समयमै पीडितको जानकारी नआउने र भौगोलिक विकटताले कठिनाइ थपिएको हो। सहयोगी निकायले पनि सहज स्थानमा मात्रै राहत दिने तर भौगोलिक कठिनाइ भएका ठाउँमा नजाने हुँदा जिल्ला विपत् व्यवस्थापन समितिलाई चुनौती थपिएको दुबै जिल्लाका प्रशासन कार्यालयलले जनाएका छन । ढिलो जानकारी आउँदा र भौगोलिक कठिनाइले गर्दा राहत पठाउन कठिनाइ थपिएको हो । भौतिक संरचनाको क्षतिको तथ्याङ्क बढ्दै गएकाले त्रिपालको आवश्यकता थपिएको छ । अब राहत लिएर आउने निकायलाई सुगमभन्दा पनि दुर्गममा वितरणका लागि आग्रह गरिने प्रशासनले जनाएको छ । यसैविच जाजरकोट भूकम्पबाट प्रभावित दुर्गम स्थलहरूमा राहतस्वरूप खाद्यान्न पठाउन सुरु गरिएको छ। जिल्ला विपत् व्यवस्थापन समितिले बुधबारदेखि दुर्गम स्थलमा खाद्यान्न पठाउन सुरु गरेको हो। दुर्गम भए पनि गाडी जाने ठाउँमा ट्याक्टरबाट र सडक नपुगेका स्थानमा हेलिकोप्टरबाट पठाउन थालिएको होरु। जिल्ला प्रशासन कार्यालयले भूकम्पको केन्द्रबिन्दु मानिएको बारेकोट गाउँपालिकाको रामीडाँडामा ट्याक्टरबाट खाद्यान्न पठाउन सुरु गरिएको जानकारी दिएको हो । नलगाड नगरपालिका–१ को जुरेलीसम्म सडक नभएको हुँदा हेलिकोप्टरमार्फत पठाउन सेनासँग कुरा भइरहेको प्रशासनको भनाइ छ । यस्तै जुनीचाँदे गाउँपालिकामा पनि राहत पुग्न नसकेको गुनासो आएपछि पठाउने तयारी गरिएको छरु। सुरुमा खाद्यान्न छिटफुट रूपमा वितरण गरिए पनि हिजोदेखि सहज रूपमा खाद्यान्न ढुवानी गरी सम्बन्धित ठाउँमा पठाइएको दाबी प्रशासनको छ। भूकम्पपछिको उद्धार सकिएपछि सुरुमा त्रिपाल, कम्बल वितरणलाई प्राथमिकता दिएको र बुधबारदेखि खाद्यान्न ढुवानी गर्न सुरु गरिएको हो । दातृ निकायलगायतले दिएका खाद्यान्न जिल्ला सदरमुकाम खलङ्गामा राखिएको छ। त्यहीँबाट ट्याक्टर र जिपमा खाद्यान्न ढुवानी गरी पठाउन थालिएको छ ।
प्रतिक्रिया