आरती साह न्यायको धर्नामा आम जनता पार्टीको ऐक्यवद्धता

आरती साहको न्यायकोलागि पीडित परिवारले गरिरहेको धर्नामा प्रभु साह नेतृत्वको आम जनता पार्टीले ऐक्यवद्धता जनाएको छ ।  पार्टी अध्यक्ष प्रभु साह लगायत पार्टीका नेता, कार्यकर्ता आज माइतीघरस्थित धर्नास्थलमै पुगेर ऐक्यवद्धता जनाएका हुन् । सो क्रमममा अध्यक्ष साहले पीडित परिवारले १ सय ४६ दिनसम्म धर्ना बस्दापनि न्याय नपाउनु दुर्भाग्य भएको बताए । 
अध्यक्ष साहले पीडित परिवारको माग सम्बोधन गरेर आरती साहलाई न्याय दिन सरकारसँग माग गरे ।  मृतक आरती साहकी कान्छि बहिनी मनिषा साहले लामो समयसम्म न्यायको माग गर्दै धर्नामा बस्दापनि माग पूरा हुन नसकेको भन्दै आक्रोश पोखिन । 
पीडित परिवारका सदस्यले कुटपिट गरेको भन्दै एसपी विश्वराज खड्का र डिएसपी प्रकाश गौतमलाई पनि नियन्त्रण गरि कारबाही गर्नुपर्ने माग गरेका छन । गत जेठ ७ गते धनुषास्थित थापाचोक–९ जनकपुरधाममा आरती साहलाई सासु, ससुरा, श्रीमान र देवर मिलि दाइजोको निउमा निर्घात कुटपिट गरेर हत्या गरेको भन्दै पीडित परिवारले माइतिघर मण्डलामा असार १ गतेदेखि २४सैँ घण्टा धर्ना बस्दै आएका छन् । 
 

प्रतिक्रिया